Wednesday, July 22

इरानद्वारा इजरायलमा थप हमला, एक इजरायलीको मृत्यु

नेपालअखबार,तेल अभिभ । इरानले गरेको प्रतिआक्रमणमा इजरायलमा एक जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। सीएनएनसँग कुरा गर्दै इजरायलका अमेरिकास्थित राजदूतले एक महिलाको मृत्यु भएको र करिब ४० जना घाइते भएको जानकारी दिएका हुन्।

Advertisement

न्युयोर्क टाइम्सले पनि इजरायली प्रहरी प्रवक्तालाई उद्धृत गर्दै यो खबर पुष्टि गरेको छ। ती प्रवक्ताका अनुसार, शुक्रबार राति इरानी क्षेप्यास्त्र आक्रमणले तेल अभिभ नजिकैको उपनगरीय क्षेत्रमा हमला गर्दा ती महिलाको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement
Advertisement

शनिबार बिहान सबेरै फेरि इरानले इजरायलमाथि थप आक्रमण गरेको छ । इरानबाट पुनः क्षेप्यास्त्रहरूको बर्सात भएपछि लाखौँ इजरायलीहरू बंकर र सुरक्षित स्थलतर्फ भागेका थिए।

Advertisement

आकाशमा अनेक क्षेप्यास्त्र अवरोध गरिएको आवाज सुन्न सकिन्थ्यो, साथै केही ठुला विस्फोटका आवाजहरूले आक्रमण भएको सङ्केत दिइरहेका थिए।

यसैबीच सामाजिक सञ्जालहरूमा मध्य इजरायलको एक आवासीय क्षेत्रमा भएको क्षेप्यास्त्र प्रहारपछि आएको विध्वंसको तस्बिरहरू देखिन थालेका छन्। सडकमा भग्नावशेष छरिएका छन्, गाडीहरू च्यापिएका छन् भने नजिकैको एक घर आंशिक रूपमा भत्किएको देखिन्छ। प्रारम्भिक रिपोर्टले केही घाइते भएको जनाएका छन्।

यो जानकारी इरानी सेनाका लागि उपयोगी नहोस् भनेर इजरायली अधिकारीहरूले क्षेप्यास्त्र प्रहारको ठ्याक्कै स्थान सार्वजनिक गर्न अनुमति दिएका छैनन्। इजरायली आपत्कालीन सेवाका अनुसार, इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा थप १० जना घाइते भएका छन्। घाइतेहरूलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको जनाइएको छ।
बीबीसी