
नेपालअखबार,तेहरान । इजरायलले आइतबार इरानको प्रमुख सहर इस्फहानमा हवाई आक्रमण गरेको छ । मध्य इरानमा अवस्थित इस्फहानको कन्भर्जन प्लान्ट इरानको आणविक पूर्वाधारको अहम् हिस्सा हो । इरानका अन्य सहरहरूमा अवस्थित युरेनियम खानी र अन्य प्लान्टहरू पनि यस पूर्वाधारको हिस्सा हुन् ।
इरानको इस्फहान नजिकै धेरै प्रमुख सैन्य संरचनाहरू पनि छन्, जसमा ठुलो एयरबेस र मिसाइल उत्पादन कारखाना पनि छन् । २०२४ को अप्रिलमा इजरायलले यस क्षेत्रमा रहेको एक एयरफिल्डमा पनि आक्रमण गरेर त्यहाँ रहेको एयर डिफेन्स सिस्टमलाई क्षति पुर्याएको थियो ।
इरानले इस्फहानमा रहेका यी सबै सुविधाहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बताएको छ । तर इरानले गोप्य रूपमा आणविक हतियार बनाउन प्रयोग गरिरहेको शंका इजरायल र धेरै पश्चिमी देशहरूको छ ।

