Tuesday, July 21

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

नेपालअखबार,काठमाडौँ ।  युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।

Advertisement

जेलबाट छुट्नेबित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेको भन्दै अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुगेका हुन्।

Advertisement
Advertisement

उच्च अदालतका न्यायाधीशहरू ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले मंगलबार उनको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो।

Advertisement

युनुस अन्सारीले केन्द्रीय अनुसन्धान ब्युरो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा समेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

असार १ गते उच्च अदालतका न्यायाधीश दुर्गा प्रसाद ढुंगेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश र लिखित जबाफ मागेको थियो।

नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी जेठ १० गते नख्खु कारागार कार्यालयबाट छुटेका थिए। तर लगत्तै सिआइबीले थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो। उनीमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।

२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए।

कतारबाट तीन जना पाकिस्तानी नागरिकलाई लिन जाँदा अन्सारी पक्राउ परेका थिए। त्यसअघि पनि युनुस नक्कली नोट प्रकरणमै समातिएका थिए। त्यतिबेला उनीमाथि कारागारभित्रै गोली प्रहार भएको थियो। तर उनी घाइते मात्रै भएका थिए।