Saturday, April 18

तीन दलका शीर्ष नेताको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बैठक हुन लागेको हव।

Advertisement

बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।