Friday, July 10

पोखराका पत्रकार बराललाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

नेपालअखबार,पोखरा । पाेखराका पत्रकार दिननाथ बरालसहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।

Advertisement

मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो ।

Advertisement
Advertisement

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् । उनी रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र जस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्।

Advertisement

बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हट्लाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान सहकारी आवाजलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा उनलाई यसपटकको सम्मानका लागि छनोट गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।