Saturday, May 23

रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालअखबार,काठमाडौँ । विद्युतीयय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधवार काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनको म्याद दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले  बताए । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

Advertisement

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने बस्नेत असार १ मा पक्राउ परेकी हुन् ।