Wednesday, July 22

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।

Advertisement

शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरिएको छ।

Advertisement
Advertisement

यस्तै, विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत छवटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ।

Advertisement

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।