Sunday, July 26

भाँचियो तामाकोशीको पुल, साउनमा निर्माण पूरा गरी बुझाउने तयारी थियो

नेपालअखबार, काठमाडौँ । रामेछापको तामाकोशी नदीको निर्माणधीन पुल भाँचिएको छ।

Advertisement

मन्थली नगरपालिका-६ कुनाउरी र वडा -७ भटौलीलाई जोड्ने तामाकोशी नदीको निर्माणधीन पुल बीच भागबाटै भाँचिएको छ।

Advertisement
Advertisement

साउनमा  निर्माण कार्य पूरा गरेर बुझाउने तयारी भइरहेको पुल आइतबार बिहान १० बजेतिर बीच भागबाटै भाँचिएको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जानकारी दिए।

Advertisement

‘बीच भागको स्ल्याब भाँचिएर तल खसेको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘निमार्णाधीन भए पनि मानवीय क्षती भने भएको छैन।’

उनका अनुसार २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको उक्त पुल वैशाखको अन्तिम साता तन्काउँने क्रममा बीच भागमा चर्किएको थियो। त्यतिबेला निमार्ण कम्पनीले चर्किएको ठाउँमा मर्मत गर्न मिल्ने भनेपछि त्यसै छोडिएको थियो। अहिले भाँचियो।

उक्त पुल निर्माणको जिम्मा कालिका/कल्पवृक्ष जोभीले गर्दै आएको छ।

२०७८/७९ सडक विभाग पुल महाशाखासँग निर्माण कम्पनीले २०८२ भदौ मसान्तसम्म निर्माण सम्पन्न गरेर बुझाउने सम्झौता भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।