Tuesday, July 21

इरानले भन्यो- अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौं

नेपालअखबार,काठमाडौं। इरानले अमेरिकालाई जबाफ दिने बताएको छ।

Advertisement

अमेरिकाले इरानको आणविक भट्टीहरूमा आइतबार बिहान आक्रमण गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले त्यसको जबाफ दिने बताएका हुन्।

Advertisement
Advertisement

हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार गर्‍यो। हामीले जबाफ दिनैपर्छ,’ अराघ्चीको भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ।

Advertisement

अराघ्चीले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार नै हो भनेका छन्।

उनले कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताए।

‘तर अमेरिकाको कदम राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको अकल्पनीय, गम्भीर र अभूतपूर्व उल्लङ्घन हो,’ उनले भने। उनले वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफै हुने पनि बताएका छन्।

उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले तत्काल आपतकालीन बैठक बोलाएर अमेरिकाको आपराधिक आक्रमणलाई स्पष्ट रूपमा निन्दा गर्नुपर्ने र वाशिङ्टन प्रशासनलाई यसको अन्तर्राष्ट्रिय कानुन उल्लंघनका लागि जवाफदेही बनाउनुपर्ने बताए।

‘इरानले अमेरिकी सैन्य आक्रमण मात्र होइन, इजरायली शासनको लापरवाह र अवैध गतिविधिको विरुद्धमा पनि हरेक सम्भव उपायमार्फत आत्मरक्षा गर्नेछ,’ उनले भने।

अमेरिकाले शनिबार बिहान इरानका तीन परमाणु अड्डाहरूलाई लक्ष्य गरेर बम खसालेको थियो। आक्रमणबाट फर्दो, नतान्ज र इस्फहानमा हमला गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणबाट ती सबै परमाणु संरचना ध्वस्त पारिएको बताएका छन्। इरानले भने यसबारेमा केही भनेको छैन।