Saturday, May 2

रसुवागढी नाकाबाट सामान आयात शुरू

नेपाल अखबार, काठमाडाैं। रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ ।
कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए ।
कोरोना  भाइरस सङ्क्रमणलाई ध्यानमा राखी  चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पु¥याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् ।
मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले बताए ।
कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले  दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *