Tuesday, April 21

बालुवाटारमा सत्ता पक्षीय शीर्ष नेताको बैठक जारी

नेपालअखबार,काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा सहभागी छन् ।

Advertisement