Thursday, July 9

कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही हो: राजेन्द्र पाण्डे

नेपालअखबार,पोखरा। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताउनु भएको छ।

Advertisement

पोखरामा समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सहि तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताउनु भएको हो।

Advertisement
Advertisement

‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस्। यसको लर्को छ। यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौँ। पाउरोटी लिएरै जान पाउँछौं,’ उहाँले भन्नुभयो।

Advertisement

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको वरिष्ठ उपाध्यक्ष पाण्डेले दाबी गर्नुभयो। उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उहाँको जिकिर छ।

‘ललिता निवास प्रकरणमा के निर्णय गरिएको पाइयो भने यो नीतिगत निर्णय हो। सरकारले नीतिगत निर्णय गर्न पाउँछ। नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन। त्यसकारण हामीले केही गर्न पर्दैन। गर्नुपर्ने भए सरकारले गर्नु भनेर निर्णय गरेको छ,’ उहाँले भन्नुभयो,‘त्यस्तै खालको कुरामा एउटामा नीतिगत निर्णय हुने र अर्कोमा नीतिगत निर्णय नहुने जुन कुरा छ। यसलाई पूर्वाग्रही पूर्ण छ भनेर हामीले भनेका छौं।’