Tuesday, July 21

वर्तमान बजेटको अवस्था हेर्दा चित्त बुझ्ने ठाउँ नै छैन : माननीय मीना तामाङ

नेपालअखबार, काठमाडौं। माननीय मीना तामाङले वर्तमान बजेटको अवस्था हेर्दा चित्त बुझ्ने ठाउँ नै छैन बताउनु भयो । सत्तापक्षकै यो बजेटप्रति चित्त बुझ्न सकेको छैन भने हामी प्रतिपक्षको चित्त बुझ्ने अवस्था नै कहाँ रहेयो र ?

Advertisement

भनिन्छ नि जसको लाठी उसैको भैसी भने जस्तै वर्तमान सरकारले बजेट व्यवस्थापन गरेको छ।

Advertisement
Advertisement

बजेट कुनै दल वा सरकारको नेतृत्व गर्ने दलहरूका सीमित व्यक्तिको,मन्त्री सांसदका लागि मात्र होइन । बजेटले त देशको आकार लिएको स्वरूप हुन्छ तर के गर्नु? वर्तमान सरकारले आफू र आफ्ना निकट बाहेक अरु कुनै माननीयका सवाललाई स्थानीय जनताका सरकारका विषयलाई समेट्न नै नसकेनको माननीय मीना तामाङले बताउनु भयो।

Advertisement

को हुन् त माननीय मीना तामाङ ?

काभ्रे जिल्लाको  काभ्रे पाँचखाल न पा ८ होक्सेमा  जन्मिएकी मिना तामाङ २०४८ साल देखि नै सक्रिय विद्यार्थी राजनीतिमा हुमिनु भएको थियो ।  तत्कालीन अवस्थामा मिना तामाङ कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो उहाँले राष्ट्रघाती महाकाली सन्धिको बारेमा राष्ट्रव्यापी भएको चर्चालाई मनन गर्दै विद्यार्थी राजनीतिमा हुमिनु भएको थियो ।

माननीय मीना तामाङ भन्नुहुन्छ त्यतिखेर राष्ट्रघाती सन्धिहरु गण्डकी र महाकाली सम्झौता गरेको थियो । त्यसबेला पार्टीको निर्देशन अनुसार म लगायत सम्पूर्ण विद्यार्थी साथीहरू देशव्यापी आन्दोलनमा सांस्कृतिक मोर्चाका रुपमा जनतालाई सचेत पार्दै विद्यार्थीहरू लाई एकजुट बनाउन अग्रसर लागि परेको माननीय तामाङले बताउनुभयो ।

हामीले निरन्तर आवाज उठाउँदै गयौं र २०४८ मा निर्वाचनमा भाग पनि लियौं। त्यतिखेर निर्वाचनमा मैले भाग लिने उमेर त भएको थिएन तर हामी समर्थक र कार्यकर्ताको रुपमा लागि परेका थियौ र देशभरबाट ९ सिट जितेको थियो ।

हामीले हाम्रो क्षेत्रबाट पनि स्थानीय तह र सङ्घको निर्वाचनमा हाम्रा प्रतिनिधिलाई जित्न सफल बनायौं। तत्कालीन अवस्थाको संसदीय व्यवस्थालाई हेर्ने हो भने खसीको टाउको देखाएर कुकुरको मासु बेच्थे व्यापारी बिचौलियाको संगठन जस्तै देखिएको थियो ।

त्यसपछि त्यसमा भएको जुन खालको एउटा चाहिँ राष्ट्रघाती जो सम्झौताहरु थियो । त्यो सम्झौताहरुको विरुद्धमा चाहिँ हामीले आवाज उठायौ । त्यो बेला संयुक्त जनमोर्चा भन्ने हाम्रो पार्टीको नाम रहेको थियो । हाम्रो क्षेत्रमा हामीले स्थानीयक्षेत्रलाई पनि जितायौं ।

हामीले कै बुझेका थियौँ जबसम्म यो व्यवस्था परिवर्तन हुँदैन तबसम्म नेपालका विरुद्धमा गरिएका कुनै पनि सन्धि सम्झौताहरु फिर्ता गर्न सकिँदैन। अब हामी जनताको घरदैलोमा जनताका आवाज बनेर लाग्नुपर्छ भन्ने उद्देश्यका साथ २०५२ साल फागुन १ गतेका दिनदेखि हामी भूमिगत राजनीतिमा सक्रिय हुन पार्टीको निर्देशन अनुसार म पनि सक्रिय रुपमा निर्देशनमा लागे ।

जतिखेर पार्टीले भूमिगत राजनीतिको निर्देशन दियो र राज्य सत्ताको विरुद्धमा सशस्त्र जनशस्त्र युद्धको घोषणा गरेको थियो। त्यसपछि मलाई विद्यालयमा पढ्ने वातावरण सहज भएन करिब म १७ वर्षकी थिए  तर पार्टीको कार्यकर्ताको हिसाबमा सांस्कृतिक र विद्यार्थी नेताको रुपमा प्रचलित भइसकेको अवस्था थियो।

त मैले सरकारको पक्षमा लागेर आफ्नै पार्टी छोड्नुपर्थ्यो वा देशद्रोही भएकै कारण जेलनाल भोग्नुपर्थ्यो अरु उपाय नदेखेपछि देखा परेको थियो अरु कुनै उपाय नसोचेपछि मैले आफ्नो पार्टीप्रति नै इमानदारीका साथ अग्रसरता दिने निर्णय गरे । यो सरकारको पक्षमा वकालत गर्नु र नेपाली जनताको हित विपरीत भएका सन्धि सम्झौताको साक्षी बन्नुभन्दा देशको लागि सहिद हुन नै सही हुनेछ भन्ने निर्णयका साथ मैले आफ्नो घर छाडिदिए।

घरपरिवारमा बज्रपात बर्सिएको थियो। २०५१ साल भदौ देखि नै   मैले   घर छाडे । निरन्तर पार्टीको निर्देशन र गतिविधिमा सहभागी हुँदै २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धमा जनयुद्धको योद्धा सांस्कृतिककर्मी लगायत सबै भूमिका निर्वाह गर्दै निरन्तर लागिरहे ।

यही क्रममा २०५६ सालमा मेरो आफ्नै दाजु    पाल्छाङ लामा बेपत्ता हुनुभयो । मेरो भदाभदै पनि सहिद भए मेरो आफ्नै श्रीमान पनि सहिद हुनुभयो। यो पारिवारिक क्षतिलाई मैले राष्ट्रको लागि त्याग गरेको मेरो परिवारको त्यो हो। योगदानको रुपमा लिएको छु। युद्ध लड्दै गर्दा मेरो काखमा सानो 15 महिनाकी छोरी  थिए ।

छोरीसँगै युद्धमा हुमिँदै गर्दा मेरो छोरी सानो भएतापनि मलाई कहिले डर त्रास भने लागेन म बाँचे योद्धा मरे सहित भन्ने उद्देश्यका साथ अघि बढिरहेको थिए ।