Thursday, July 9

स्याङ्जाको आँधीखोलामा जलसतहले सतर्कता तह पार गर्‍यो

नेपालअखबार,स्याङ्जा। स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ।

Advertisement

विभागका अनुसार गएरातिदेखि भइरहेको  वर्षाका कारण खोलामा पानीको बहाव ह्वात्तै बढेको हो। जलसतहले सतर्कता तह पार गरिसकेको र अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम बढेको छ।

Advertisement
Advertisement

विभागले एक विशेष सूचना जारी गर्दै नदी तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र नदी किनार भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement