Monday, May 11

एकीकृत समाजवादी र राष्ट्रिय अभियानबीचको एकता साउन २ गते हुने

नेपालअखबार, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ ।

अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख छ ।

Advertisement

‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’, अध्यक्ष नेपाल र गौतमबिच भएको सहमतिमा उल्लेख छ ।

०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग भएका थिए भने २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।

त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार भएका हुन् ।May be an image of text