Monday, May 11

रसुवा बाढीमा फसेका ४ वटा ईभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारियो

नेपालअखबार, काठमाडौँ । गत असार २४ गते मध्यरातमा आएको रसुवा बाढीमा फसेका थप ४ वटा ईभी गाडी र ११ वटा कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । रसुवा भन्सार कार्यालय टिमुरे यार्डमा फसेका ती गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिम्मुरेबाट सुरक्षित स्थानमा सारिएको हो  ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा खटिएको सुरक्षा फौजले शुक्रबार गाडी र कन्टेनरलाई सुरक्षित स्थानमा सारेका सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Advertisement