Monday, August 3

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा सम्बोधन गर्ने भएका छन् । गठबन्धन सरकारको एक वर्षको समीक्षा, भिजिट भिसा प्रकरण, संघीय निजामती सेवा विधेयक, मन्त्रीहरूको घुस काण्ड, प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमण लगायत विषयमा सम्बोधन गर्न लागिएको प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

Advertisement

‘सरकारको एक वर्षे कार्यकाल, पछिल्ला विभिन्न काण्ड लगायत विषयमा प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा सम्बोधन गर्न सभामुखसँग समय माग गर्नुभएको छ’, उनले भने ।

Advertisement
Advertisement

प्रचण्डले संसदमा सम्बोधन गर्न समय मागेको सभामुख देवराज घिमिरेको सचिवालयले पनि पुष्टि गरेको छ । प्रमुख प्रतिपक्ष दलको नेताले सम्बोधनका लागि समय मागेपछि सभामुखले स्वतः कार्यसूचीमा चढ्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए । प्रचण्डले यसअघि चैत २७ गते संसदमा सम्बोधन गरेका थिए ।

Advertisement