Sunday, October 18

पुलमा प्वाल परेपछि पृथ्वी राजमार्ग एकतर्फी

नेपालअखबार,काठमाडौँ ।  धादिङमा हुग्दीखोला पुलमा प्वाल परेको छ।

Advertisement

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-१० रहेको हुग्दीखोलाको पुलमा प्वाल परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार पुलमा प्वाल परेपछि राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ।

Advertisement

प्राविधिकहरूले सडक मर्मतको काम सुरू गरिसकेका छन्।