Wednesday, July 15

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोध प्रदर्शन

नेपालअखबार,काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयको सिनेटमा विद्यार्थीको प्रतिनिधित्व विना सिनेट राखेको, शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विद्यालय शिक्षा विधेयकमा शिक्षकको नियुक्ति शत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो।

Advertisement

नेविसंघ त्रिवि समितिले बल्खुस्थित खुला सडकबाट सडक अवरुद्ध पार्दै सुरु गरेको प्रदर्शन त्रिवि पुगेर सकिएको थियो । नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले विद्यार्थीको प्रतिनिधित्वविनाको सिनेट मान्य नहुने बताए ।

Advertisement
Advertisement

त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग गरेको हो । त्यस्तै ऐनमा शिक्षकहरूको नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने सभापति बडैलाले बताए ।

Advertisement