Wednesday, July 15

अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु, रूखमा बज्रेर कारमा लागेको थियो आगो

नेपालअखबार,काठमाडौँ । अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

Advertisement

आइतबार राति ९ बजेतिर संयुक्त राज्य अमेरिकाको राजमार्ग ८० मा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको लुइसियाना स्टेट पुलिसले जनाएको छ।

Advertisement
Advertisement

ज्यान गुमाउनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली छन्। उनीहरू दुबै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कार चलाइरहेका थिए। उनले कार चलाउँदा भारी वर्षा भइरहेको थियो।

कार सडकको दायाँ पट्टी गएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ।

यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो। उक्त कारमा अरू दुई जना पनि सवार थिए। उनीहरू दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनीहरूको परिचय प्रहरीले खुलाएको छैन।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनापछि युनिभर्सिटीले पनि दु:ख व्यक्त गरेको छ।

‘हामीले एक दुखद कार दुर्घटनामा दुई जना अन्तर्राष्ट्रिय विद्यार्थी गुमाएका छौं। पुरा लुइसियाना परिवार दुई विद्यार्थीको निधनले शोकाकुल छ,’ युनिभर्सिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रा थप दुई विद्यार्थीहरू गम्भीर घाइते छन् र अस्पतालमा उपचाररत छन्।’