Wednesday, October 29

छोरी भेट्न जान्छु भनेर घरबाट निस्किएका थिए, मृत भेटिए जंगलमा

नेपालअखबार, काठमाडौं ।  चितवनमा एक पुरुष मृत भेटिएका छन् ।

Advertisement

कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

Advertisement

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।

कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए।

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।