
नेपालअखबार,काठमाडौं । युवा नेता डाक्टर अबुल हुसेन अन्सारी , महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । मुस्लिम समुदायले संविधानले दिएको सेवा सुविधा पाउन पर्ने भएता पनि वर्तमान समय सम्म पाउन सकेको छैन । मदरसा बोर्ड गठन वर्तमा समयमा पनि हुन सकेको छैन भने संघीय निजामती सेवा विधेयक कार्यन्वनमा नआए सम्म मुस्लिम युवाहरुले सरकारी सेवा प्राप्त गर्न पाउने कोट सुनिश्चित हुन नसकेको डा. अन्सारी बताउनु हुन्छ ।
डा. अन्सारी किशोर अवस्था देखि नै किशोर अवस्था देखि नै समाज सेवामा सक्रिय हुनुहुन्थ्यो । सुनसरी जिल्लामा जन्मिनुभएका अन्सारीले कक्षा ९मा अध्ययन गर्दै गर्दा देखि नै साझा सामुदायिक विकास केन्द्र स्थापना गर्नुभएको थियो। सो केन्द्रको उद्देश्य अनुसार समाजमा फैलिँदै गरेको एचआइभी जस्ता प्राणघातक रोगलाई फैलिन नदिन न्यूनीकरण गर्ने अभियानमा जुट्नु भयो । भारतीय सिमानामा नेपाली चेलिबेटी बिक्रिविरण हुन नदिन अभियानमा करिब ५ वर्ष निरन्तर युवाहरूलाई सचेत पार्न सचेतना फैलाउने सक्रिय रहेको बताउनु हुन्छ ।
आफ्नो अध्ययन पुरा गर्नको लागि अन्सारी बंगलादेश जानुभयो र अबुल हुसेन अन्सारी अब डाक्टर अबुल हुसेन अन्सारी बन्नुभयो। अध्ययन सकि नेपाल फकिएसंगै आफ्नो व्यवसायसंगै नेपाली कांग्रेस पार्टीमा सक्रिय हुदै समाजसेवामा समर्पित हुनु भयो ।
हाल काठमाडौं निवासी डा.अन्सारीले स्परण गर्दै भन्नु भयो “ त्यो बेला जतिखेर कोरोनाको महामारी फैलिएको थियो । कोरोनाको महामारीलाई सरकारले आवश्यक पर्ने थप सामग्री सहज रुपमा उपलब्ध गराउन सक्ने अवस्था नै रहेको थिएन छिमेकी मुलुक भारत र अमेरिकाले सम्म सहज रुपमा नेपाललाई औषधि र अन्य उपकरणहरू वितरण गर्न नसक्ने अवस्था थियो । त्यो बेला मेरो अनमोल हस्पिटल एण्ड रिसर्च सेन्टरले बङ्गला देशबाट करिब पाँचवटा प्लेन चार्टर गरेर नेपालमा औषधि लिएर आएको थिए थियो ।मेरो कम्पनीले औषधी साम्रगी लिएर आउदै गरेको पलेनमा नेपाल सरकारको औषधी साम्रगी पनि ल्याइ दिदा नेपाल सरकारको करिब ३७ लाख रुपैया बचाए दिएको थिए ।”
डा.अन्सारी थप भन्नु हुन्छ मेरो अनि दुइ अन्य सस्ंथाहरुको सहयोगमा काठमाडौं जिल्ला भित्र रहेका हस्पितलका काम गर्ने स्वास्थ्य कर्मिहरुलाई भोकै बस्न नपरोस भनि हरेक दिन निशुल्क खानको व्यवस्था गरेका थियौं । हामीले औषधि वितरण गर्न प्रशासनले पनि सहयोग गर्यो। त्यति खेर करिब एक किलोमिटर सम्मको लाइन देखा पर्थ्यो प्रशासनले नै लाइनलाई व्यवस्थित गरेर हामीलाई सुरक्षित तरिकाले औषधि बिक्री वितरण गर्ने वातावरण सिर्जना गरिदिएको थियो ।
कतिपय जिल्लामा सरकारले नै कुन जिल्लामा के कस्ता औषधिहरूआवश्यक छन् भनि लिस्ट तयार पार्दिने गर्थ्यो । सोही अनुसार हामीले औषधि उपलब्ध गराई दिने कार्य गरेको डा. अन्सारी बताउनु हुन्छ । केहि वर्ष अघि नेपालमा प्यारासिटामोलको अभाव भयो । त्यो बेला मैले करिब ४० लाख प्यारासिटामोल ट्याब्लेट निःशुल्क वितरण गरेको थिए । मैले निःशुल्क प्यारासिटामोल वितरण गर्दै जाँदा मिडियाले प्रचारप्रसार गर्देकै कारण हजारौं नेपाली दाजुभाई दिदीबहिनीले यो सेवा प्राप्त गर्न सक्नुभएको थियो।
नेपालमा भूकम्प गएको बेला पनि मैले मेरो अनमोल हस्पिटल र एम्बुलेन्स घाइतेहरु कै सहज उपचारका लागि व्यवस्थापन गर्न लगाए ।
अन्सारी भन्नुहुन्छ “ मैले व्यवसाय मात्र गरिन व्यवसायसँगै समाजसेवालाई निरन्तरता दिएको छु।
अहिले पनि गरिब तथा अत्ति आवश्यक परेका बिमारीहरूलाई निःशुल्क औषधि उपलब्ध गराइ रहेको छु । बेलाबेलामा बिमारीहरूका आफन्तलाई भोक्कै बस्न नपरोस् भनि निःशुल्क खाना हस्पिटलमा खुवाउने प्रबन्ध मिलाउँदै आएको छु।
डा.अन्सारी भन्नु हुन्छ । हामी व्यवसायीहरुले व्यवसायलाई मुनाफ कमाउने सोच मात्रै राख्नु हुन्न सके अरुलाई जति सहयोग गर्नु पर्छ । एउटा नेपाली अर्को नेपालीको सुख दुखमा संगै हुनु पर्छ ।”


