Monday, November 3

रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी

नेपालअखबार,काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाउने संकेत गरेका छन्।

Advertisement

नाउपाको राष्ट्रिय भेला बुधबारबाट सुरू भएको छ। बैठकले रञ्जितालाई अध्यक्ष हटाएर नयाँ तोक्ने पत्रकारहरूलाई बताएका थिए।

Advertisement

आफू बाबु लालवीरलाई नै अध्यक्ष तोक्नुपर्छ भन्ने पक्षमा नरहेको भन्दै सदस्यहरूले यसमा धारणा राख्न बाँकी रहेको बताएका थिए।

‘अध्यक्ष यो हो, यो हुनुपर्छ भनेर निर्णय गर्न बैठक राखेका हौं। आजको अवस्था आउनुको पछाडि को, किन, कसरी जिम्मेवार छन् भनेर सबैलाई थाहा छ। राजनीतिक दलमा यस्तो उथलपुथल भइरहन्छ। विषयहरू आइरहन्छन्। सबै पार्टीमा उथलपुथल छ। यही  राजनीति हो,’ उनले भने, ‘बुवालाई अध्यक्ष बनाउने नबनाउने कुरा सदस्य साथीहरूले धारणा व्यक्त गरेपछि थाहा हुने कुरा हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउने भन्ने होइन।’

अध्यक्ष रञ्जिताले केन्द्रीय समिति बोलाएर स्पष्टीकरण दिनुपर्ने उनले बताए। पार्टी अनुशासन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेकाले त्यसको जबाफ दिनुको सट्टा वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर हिँड्नु नहुने उनको भनाइ थियो।

‘कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रूपमा मन परेको छैन। धेरै व्यक्तिलाई चित्त पनि दुःखेको छ। त्यो हाम्रो विधान विपरीत छ। विधानविपरीत तोकेको व्यक्तिलाई केन्द्रीय समितिको बैठक राखेर अनुमोदन गराउनुपर्थ्यो। त्यसै कारणले पनि पार्टीमा गम्भीर छलफल हुनुपर्‍यो। नभए हाम्रो कार्यकर्ताले सोध्छन्, हाम्रो कार्यवाहक कोहो ? हाम्रो अध्यक्ष कोहो?,’ उनले भने।