
नेपालअखबार,उदयपुर । आज बिहान ६ बजे उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।
शरीरको विभिन्न भागमा चोटपटक लागेको अवस्था जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारको क्रममा बिहान ७ः१० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन ।
उक्त घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।


