Sunday, July 5

उपसचिव दुलाल सहसचिवमा बढुवा

नेपालअखबार,काठमाडौँ ।  सङ्घीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

Advertisement

सङ्घीय संसद् सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो ।

Advertisement
Advertisement

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बिहीबार दुलाललाई बढुवा नियुक्तिको पत्र दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।दुलाल ३४ वर्षदेखि सङ्घीय संसद् सचिवालयमा कार्यरत छन् । उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन् ।दुलाल हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन् ।

Advertisement