Friday, July 31

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

नेपालअखबार,काठमाडौँ । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना काठमाडौंको एक होटलबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरीको भनाइ छ । ‘बिहीबार दिनभर अन्य सवारी आवागमनमा असर पुर्‍याएको र अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइयो,’ अपराध अनुसन्धान कर्यालयका एसएसपी रमेश बस्नेतले भने, ‘होटलमा पनि अरुलाई प्रतिकूल हुने गरी गतिविधि गरेको पाएपछि नियन्त्रणमा लिएका हौं ।’

Advertisement
Advertisement

पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

Advertisement