Sunday, July 26

इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्तालाई जेल सजाय

नेपालअखबार,काठमाडौं । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ।

Advertisement

उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो।

Advertisement
Advertisement

मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए।

Advertisement

बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो झट्का मानिएको छ।

सजाय सुनाइएकामध्ये पाकिस्तानको नेशनल असेम्बलीमा विपक्षी नेता उमर अय्यूब खान पनि छन्, जसलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

विपक्षी नेताहरूले आतंकवादविरुद्धको अदालत (एण्टी टेररिज्म कोर्ट) को यो निर्णयको आलोचना गरेका छन्। यो फैसलाले पीटीआईका ६ सांसदलाई अयोग्यसमेत ठहर गरेको छ ।