Sunday, July 5

काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो ।महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो।

Advertisement

ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि ‘ऱ्यापअप’ का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।

Advertisement
Advertisement

प्रवेश परीक्षामा सहभागी भएका तर पहिलो र दोस्रो सूचीमा नाम नआएका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम मनोनयनमा समावेश हुन चाहेका सबै परीक्षार्थीहरूले पुनः आवेदन दिन सक्नेछन्।

Advertisement

525952873_1075416451432573_8961499325827858649_n