Wednesday, October 29

बाढीबाट भएकाे क्षति अवलोकन गर्न हेलिकाेप्टरमा बाह्रबिसे उडेकाे सभामुखकाे टाेली बीचबाटै फर्कियो

नेपाल अखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि अवलोकनका लागि बिहीबार बिहानै हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किन बाध्य भएको छ।
मौसम प्रतिकूल हुँदै गएका कारण सभामुखलगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको हो।
बिहान ९ बजे सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
‘बाह्रबिसेमा बाढी र पहिरो क्षति अवलोकन गर्न र उद्धरको ब्यवस्था थप मिलाउन सभामुखसहित गएको टोली घटनास्थल पुग्न सकेन, सो क्षेत्रमा फेरि ठूलो पानी पर्ने देखिएको छ, मौसम प्रतिकुल भएपछि धुलिखेलबाट फर्कियौ, अब अनुकुल मौसम हुनेबित्तिकै जाने तयारीमा छौं,’ न्यौपानेले भने।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *