Sunday, April 19

प्रधानमन्त्री ओली र विकासशील मुलुकका लागि उच्च प्रतिनिधि फातिमाबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्ठित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाबिच भेटवार्ता भएको छ ।उनीहरूबिच आज शिष्टाचार भेट भएको हो । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई समेत सम्बोधन गरेका छन् ।

Advertisement