Saturday, July 18

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी

नेपालअखबार,काठमाडौं । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ।

Advertisement

संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत व्यवस्था मिलाउन भनेको हो ।

Advertisement
Advertisement

मन्त्री पौडेलले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए।

Advertisement

यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको नौ बुँदे प्रतिबद्धता अन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।