Saturday, July 18

कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंकामा थालियो खोजी

नेपालअखबार,स्याङ्जा। स्याङ्जाको कालीगण्डकीमा आमा-छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी टोलीले खोजीकार्य सुरू गरेको छ।

Advertisement

स्याङजाको गल्याङ्‍ नगरपालिका- ५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो।

Advertisement
Advertisement

त्यहाँ फेला पारेको सामान स्याङ्जाकै कालीगण्डकी गाउँपालिका- ४ विर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ वर्षीय अर्पित पाण्डेको रहेको खुलेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

उनीहरु सम्पर्कमा समेत नरहेकोले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीबार बिहानैदेखि खोजी कार्य सुरू गरिएको हो। खोजीका लागि  सशस्त्र प्रहरि बल नेपाल  नं. ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा  सुरक्षाफौज  परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए। बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखरा बाट गोताखोर समेत लैजाने तयारी भएको उनले बताए।