
नेपालअखबार,हेटौँडा । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् ।


