Thursday, July 9

सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँ : सभापति देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले  सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको बताए ।उनले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताए ।

Advertisement

आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशील रहेको पनि बताए । सभापति देउवाले भने, ‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएका छन् । संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्यायको काम हुँदै आएको छ । नेपाली काँग्रेसले आफ्नो नीति कार्यक्रम र घोषणापत्रमै प्रतिबद्धता जनाउँदै आएको छ । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशील छ । शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्ने समय सान्दर्भिक पहल गर्नुपर्छ । अब सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ ।’

Advertisement
Advertisement

सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र भेषभुषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको बताए ।

Advertisement