Saturday, August 1

मल अभाव हुन नदिन कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन्।

Advertisement

प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन्। यसै सन्दर्भमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

Advertisement

यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँगको छलफलमा मलको अभाव हुन नदिन, स्वदेशमा नै रासायनिक मलको उत्पादन कारखाना स्थापना तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना तर्जुमा गर्न निर्देशन दिएका थिए।