
नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्या डा. अलाउद्दीन अन्सारी फलाही गर्नु भयाे । डा. अन्सारी फलाही भन्नु हुन्छ नेपालीमा कुरआनको अनुवाद गर्नको लागि प्रेण अध्ययनको क्रममा पाकिस्तान रहदा साथीभाइले के नेपाली भाषामा पनि कसैले कुरआन अुवादन गरेको छ ? भन्ने प्रश्नको उत्तर दिदै गर्दा डा. अन्सारी फलाहीले कुरआन लेख्ने तैयारी गर्नु भएको थियाे ।
नेपाली समुदायलाई अबिक भाषामा लेखिएको कुरआनको अर्थ र त्यसका श्लोकहरुको परिभाषा जान्न मनमा उत्सुकता रहेको छ भने नेपाली सरल भाषामा अनुवाद कुरआन प्रकाशि भइ सकेको छ ।
डा. अलाउद्दीन अन्सारी फलाहीको स्थायी घर हरिनगर गाउँ पालीका वडा न ७, घुस्की सुनसरी कोशी प्रदेश रहेता पनि विगत केहि वर्ष यता देखि काठमाडौं बालुवाटारमा आस्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ ।
उहाँले गाउँको सानो मक्तबमा दूइ वर्ष अध्ययन गर्नु भयो । मद्रसतुल इस्लाह रामनगर भुटाहा सुनसरीमा कक्षा ७ सम्म अध्ययन गर्नु भयो । जामिअतुल फलाह बिलरयागंज आजमगढ, यू. पी. भारतमा ७ वर्ष अध्ययन गर्दै आलमियत तथा फजीलत गर्नु भएको थियो। इन्टरनेश्नल इस्लामिक युनिवरसिटी इस्लामाबाद पाकिस्तानमा अरबी तथा अंग्रेजी भाषा एडभांस कोर्स, बी. ए.(आनर्स इस्लामिक) स्टडीज तथा हायर डिपलोमा (इस्लामिक स्टडीज) ८ वर्ष अध्ययन गर्नु भयो । । सुल्तान शरिफ अली इस्लामिक युनिवरसिटी ब्रुनाइ दारुस्सलाममा, ७ वर्ष, एम. ए .(इस्लामिक स्टडीज) तथा पी. एच.डी. (इस्लामिक स्टडीज )अध्ययन गर्नु भयो ।
डा. अन्सारी फलाहीले सहीह बुखारीको शुरुका तीन वटा खण्डहरू किताबुल वह्य देखि किताबुल इल्म सम्म, मौलाना कलीम सिद्दीकीको तपाईको नासो तपाईंको सेवामा, इब्ने बाज रहको सहीह अकीदह र यस विपरीत कार्यहरू लगायत अन्य दस वटा किताबहरू र एक शै भन्दा बढि लेखहरू मासिक मधुर सन्देश, र उर्दू भाषाको त्रैमासिक पैगाममा प्रकाशित गरि सक्नु भएको छ । हाल हदीसको संग्रह मिश्कातुल मसाबीहको अनुवाद हिन्दी तथा नेपालीमा गर्दै हुनु हुन्छ ।
डा. अन्सारी फलाहीले नेपाली भाषामा अहिलेसम्म धेरै कम इस्लामी पुस्तकहरूको अनुवाद भएको छ । त्यसैले क्रमशः हदीसका किताबहरू सहाहे सित्ता, सीरत, फिकह तथा इतिहासका पुस्तकहरू अनुवाद गर्ने र प्रकाशित गर्ने योजना गर्दै हुनुहुन्छ ।
तफ्सीरु रिसालतिल कुरआन
यो कार्य २०१४ ई. मा शुरु भयो र २०२३ ई. मा पूरा भएर प्रकाशित भयो । यो अनुवाद सरल नेपाली भाषामा गरिएको छ । व्याख्या वा तफसीर स्वयम कुरआनबाट, हदीसबाट र ठीक विज्ञानबाट गरिएको उहाँले बताउनु भयो । यसमा सुराहरूको परिचय, अवतरणका कारणहरू, अवतरणका समय अवधि र सूरह सूरहबीच अन्तरसम्बन्ध पनि स्पष्ट पारिएको छ ।यस अनुवाद र व्याख्यामा उर्दू, हिन्दी र अरबीका धेरै अनुवाद र तफ्सीरहरूबाट सहयोग लिइएको बताउनु भयो । ती मध्ये विशेषरूपमा सैय्यद अबुल आला मौदुदीको तफहीमुल कुरआन, मौलाना लुकमान सलफीको तैसीरुर्रहमान लि बयानिल कुरआन, मौलाना सलाहुद्दीन युसुफको तफसीर अहसनुल बायान, मुफ्ती मोहम्मद तकी उस्मानीको कुरआनको सजिलो अनुवाद, मौलाना अहमद रिजा खान बरेलवीको कन्जुल ईमान, मौलाना फारुक खानको हिन्दी अनुवाद र अरबीको तफ्सीर इब्ने कसीर हुन् । पहिलो पटक सन् २०१७ मा काठमाडौबाट अठारौं र उन्नाइसौं खण्ड १००० प्रति प्रकाशित भयो, दोस्रो पटक सन् २०१८ मा एक देखि दस खण्ड १००० प्रति प्रकाशित भयो र तेस्रो पटक सन् २०२३ मा एक देखि तीस खण्ड पूरा कुरआन प्रकाशित भयो । नेपाली भाषामा कुरआनको अनुवाद तथा व्याख्यामा १३०० पृष्ठहरू रहकाे छ ।
यस कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई व्यक्तिगत तथा संस्था अल(कुरआन रिसर्च फाउण्डेशन नेपालको तर्फबाट पनि हृदयदेखि धन्यवाद व्यक्त गर्नु भएको छ । नेपाली भाषामा अहिलेसम्म धेरै कम इस्लामी पुस्तकहरूको अनुवाद भएको छ । त्यसैले क्रमशः हदीसका किताबहरू सहाहे सित्ता, सीरत, फिकह तथा इतिहासका पुस्तकहरू अनुवाद गर्ने र प्रकाशित गर्ने योजना छ ।
मूल्य नेपाली एक हजार रुपैयाँ तोकिएको छ भने उहाँले मस्जिद, मदरसा, संस्था र पुस्तकालयहरूको लागि निशुल्क वितरण गर्दै आउनु भएको जान्कारी दिनु भयो ।


