
गरिमा भुसाल,पोखरा।पोखरामा युवाहरूले नाच्दै, भगवा झण्डा फहराउँदै कृष्ण जन्माष्टमीमा भक्तिहरु सडकमा भरिएका थिए। लेकसाइडका गल्लीहरूमा जम्माष्टमीका दुईवटा ठूला कार्यक्रम एकसाथ सम्पन्न भयो । हिन्दू महासाङ्घ नेपाल, कास्कीले बृहत् र समावेशी धार्मिक शोभायात्रा निकालेको थियो भने इस्कन पोखराले क्रिस्टल महल, पोखरा(डामसाइडमा वार्षिक जन्माष्टमी कार्यक्रमलाई निरन्तरता दिएको थियो। परम्परागत गीत, नाचका माध्यमबाट कार्यक्रममा संस्कृतिप्रतिको भक्ति र प्रेम झल्किएको थियो । बालबालिका र युवाहरू परम्परागत लुगा लगाएका थिए । देवीदेवताको भेषमा थिए भने ज्येष्ठ नागरिकहरले लोकभाकामा भजनकृतन प्रस्तुति गर्दै रमाइलो वातावारण सृजना गर्नु भएको थियो ।
विभिन्न सामुदायिक आमा संघलाई प्रमाण पत्र र राधाकृष्णको भेषमा आएका बालबालिकालाई नगद पुरस्कार वितरण गरी कार्यक्रमको केही समयपछि समापन भएको थियो ।इस्कन नेपालले आयोजना गरेको कार्यक्रम सोही समयमा श्रीकृष्णको जन्म भएको जनविश्वास अनुसार मध्यरातमा औपचारिक रुपमा समापन गरिएको थियो ।
हाम्रा युवाहरूको योगदानले दुवै कार्यक्रमलाई उत्तिकै अन्तरदृष्टिपूर्ण र सफल बनाएको छ। युवाहरूको उपस्थितिलाई हेर्दा आगामी पुस्ताले पनि हाम्रो संस्कृतिलाई उस्तै सम्मान र जोशका साथ अघि बढाउने कुरामा ढुक्क हुन सक्छौं।
गरिमा भुसाल; एसओएस हर्मन गमाइनर स्कुल गण्डकी विधार्थी हुन् ।

