
नेपालअखबार, काठमाडौं । कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र ? सर्वप्रथम बृहत बामपंथी एकता लागि पहिले आफू भित्रको एकता बलियो बनाउनुस । मन भित्रको पश्चाताप हटाउनुस अनिमात्र बृहत् बाम एकताका कुरा उठाउनुस् ।
बामपंथी एकताका कुरा सतहमा देखाउने तर व्यवहारमा पार्टीको इज्जत घटाउने प्रविधि स्वीकारे हुँदैन ?
बाम एकताको मुद्दा उठाएर आफनो स्वार्थ वा राजनीति साध्ने तर संगठनलाई असहज बनाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ ।
बाहिर बाम एकताको प्रचार गर्ने गराउने पार्टी कमिटी भित्र मनोबल कमजोर पार्ने र कुनै निर्णय कार्यन्वयन हुन नदिने सोच र प्रवृत्ति भएका कमरेडहरुको दोहोरोचरित्रका कारण नै आज पार्टीलाई कमजोर बनाउने गतिविधि स्पष्ट देखा परेको छ ।
भाषणमा मात्र बृहत् बाम एकताको कुरा गरेर पक्कै गन्तव्यमा पुगिदैन कमरेड । सबै भन्दा पहिला आफ्नो धराताल आफ्नो पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्ने हो । तर कमरेडको वर्तमान गतिविधिहरले पार्टीलाई कमजोर पार्नुका साथै आफैलाई बदनाम हुने अभिव्यक्ति दिदै हिड्दा कार्यकर्ताका माझ कसरी सिर ठाडो पारेर हिड्नु हुन्छ यो प्रश्न आज हरेकको मनमा उठि रहेको छ ।
आफ्नो कमिटी भित्रै असन्तोष फैलाउने, सदस्यहरूबीच विभाजन ल्याउने, अन्ततः सम्भवलाई असम्भव बनाउने र अवरोध सिर्जना गर्ने पारिपार्टीले कसरी होला बृहत बाम एकता होला कमरेड ?
हस्त शाही(नेकपा एसका युवा नेता)

