Tuesday, April 21

नेपाल हज समिति सदस्यमा १५ सदस्य नियुत्त 

नेपालअखबार,काठमाडौं । नेपाल हज समितिको अध्यक्ष मुख्तारअहमदले हज समितिको  १५ सदस्य नियुत्त  जानकारी दिनु भयो  । नेपाल काङ्ग्रेस र नेकपा एमालेको तर्फबाट ७ जना   साथै पञ्च काश्मिरी तकिया मस्जिदले तोकेको एक जना  व्यक्तिलाई सदस्यमा नियुत्ति गरिएको अध्यक्ष अहमदले जान्कारी दिनु भयो  । सदस्य नियुत्ति प्रकृयामा केहि ढिलो हुनको कारण पार्टीबाट छनोट भएर आउनु पर्ने साथै नियुत्ति गर्न भन्दा पहिला सरकारी प्रकृया पुरा गर्दा केहि दिन ढिलो भएको हो । यसलाई अन्यार्थ रुपमा लिन मिल्दैन  अध्यक्ष अहमदले  बताउनु भयो । पहिलो बैठकको नियर्ण भए लगतै हजयात्राका लागि आहवान गर्नका लागि सूचना जारि गरिने बताउनु भएको छ ।

हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरण गर्नका लागि छिट्टै सरोकावाला सबैलाई निमन्त्रण गरी छलफल अन्तरक्रिया गर्ने बताउनु भयो ।

Advertisement