Monday, July 20

बाँदर धपाउन जाँदा हृदयघात भएर मृत्यु

नेपालअखबार, नुवाकोट। नुवाकोटमा बाँदर धपाउन जाँदा एक पुरूषको हृदयघात भएर मृत्यु भएको छ।

Advertisement

पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार बिहान मृत्यु भएको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार नेपाली बाँदर धपाउन भनेर गएका थिए।

Advertisement

त्यही बेला हृदयघात भएको एसपी रेग्मीले बताए।

‘प्रेसर र पहिले पनि हृदयघात भएका बिरामी रहेछन्। बाँदर धपाउन भनेर जाँदा हृदयघात भएको भनेर परिवारले भनेका छन्,’ उनले भने।

बाँदरले आक्रमण गरेको कुनै चोट भने नरहेको प्रहरीले जनाएको छ।

हृयदघातबाट अचेत भएपछि परिवारले उनलाई काठमाडौंस्थित अस्पताल ल्याउँदै थियो। त्यसक्रममा बाटोमै मृत्यु भएपछि अन्त्येष्टिका लागि फिर्ता लगिएको थियो।

‘बाँदरले आक्रमण नै गरेर मृत्यु भएको हो कि भनेर बुझेका थियौं। तर आक्रमण नै भएको होइन रहेछ। धपाउन जाँदा चाहि हृदयघात भएको हो,’ एसपी रेग्मीले भने।