Tuesday, May 5

युवा संघबाट राईलाई निलम्बन गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सह–संयोजक सञ्जीव राईलाई निलम्बनको सिफारिस गरिएको छ ।

संगठनको नवौं महाधिवेशनका लागि भन्दै राईको अध्यक्षतामा १ भदौमा समानान्तर कमिटी घोषणा गरिएको थियो ।

Advertisement

युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो ।

राईले विधान विपरीत अराजनीतिक काम गरेको भन्दै साधारण सदस्यता समेत नरहनेगरी निलम्बनका लागि केन्द्रीय कमिटीसमक्ष अनुरोध गरिएको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जानकारी गराएका छन् ।