Tuesday, May 5

जसपाको निर्णय सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने

नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ।

खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो।

Advertisement

सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै हो है भनिएको थियो, त्यसअनुसार उनीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीले गरेको छ।

उनकाअनुसार अध्यक्ष अशोक राईले खानेपानी मन्त्री वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रञ्जु ठाकुरलाई बनाउन प्रधानमन्त्रीलाई नाम दिइसकेका छन्।  जसपाका ती पदाधिकारीका अनुसार अध्यक्ष राईले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता आउन पनि निर्देशन दिइसकेका छन्।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल भएको थियो।