Monday, May 11

विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  नेपाल कुरान कण्ठ प्रतियोगिताले समाजमा सद्भाव र शान्ति स्थापना गर्ने मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले बताउनु भयो । तेस्रो वर्ष पनि हामीले यो प्रतियोगितालाई निरंतरता दिएका छौ । यस्ता प्रतियोगिताले नेपाली मुस्लिम समुदायका बौद्धिक व्यत्तिहरुलाई प्रोत्सहन गर्नुका साथै धार्मिक शिक्षाले मानवमा नैतिक शिक्षा प्रदान गर्ने छ । वर्तमान समाजमा पनि नैतिक शिक्षाको आवश्यक रहेको छ । विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिकको शिक्षा आवश्यक रहेकाले  नेपाल कुरान प्रतियोगिता आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष अलीले बताउनु भयो ।

मुस्लिम आयोग र साउदी राजदूतावासको सहयोग र समन्वयमा संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक सहभागिले उमेरसमुह अनुशारको शाखामा योग्यता पुगेका ईच्छुक नेपाली मुस्लिम नागरिकहरुले पाउने गरि दरखास्त आव्हान गरिएको थियो। उत्त आव्हानको अन्तिम मिति यहि भाद्र ९ गतेका दिन सम्म करिब ७५१ जना निवेदन प्राप्त भएको आयोगका अध्यक्ष अलीले नेपालअखबारलाई बताउनु भयो ।
प्रतियोगीमा सहभागिताको लागि आएका निवेदकहरुलाई यहि भाद्र १५ र १६ गते जुममा मार्फत अनलाइन प्रतियोगीता गराइनेछ ।
अनलाइन मार्फत छनोट भएका प्रतियोगिहरुलाई अन्तिम प्रतियोगितामा सहभागि हुन यहि मिति भाद्र २८ र २९ गते काठमाडौंमा सहभागि हुन पर्ने छ । विजेताहरुको नामावली आयोगको वेवसाइटमा प्रकाशन गरिने अध्यक्ष अलीले बताउनु भयो ।

Advertisement