Wednesday, July 15

वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

नेपालअखबार,पर्सा। पर्साको वीरगञ्ज महानगरपालिकाले हैजा संक्रमणलाई मध्यनजरमा राखेर विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ।

Advertisement

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबार सम्मका लागि बिदा दिइएको बताए। त्यसअवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको छ।

Advertisement
Advertisement

महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाउने भएको छ। विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न लागिएको हो।

Advertisement

यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो।