Sunday, April 19

काँकडभिट्टा नाकाबाट एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आर्थिक वर्षको २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् ३.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ।

Advertisement

आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११.८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए।

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको छ।

उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, रु सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र रु एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ।