Wednesday, July 29

राजनीति ठिक हुने वित्तिकै देशले प्रगति गर्छ : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र नै राजनीति भएको बताएका छन् ।पूर्वसांसद मञ्चको २६ औँ स्थापना दिवसका अवसरमा बिहीबार संसद् भवनमा आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नति,प्रगति गर्ने बताएका हुन् ।

Advertisement

राजनीति ठिक खालको हुन नसकेमा यसले सबै क्षेत्रलाई प्रभावित पार्ने बताए । नेपालले पनि यो कुरा भोगेर आएको उनको भनाइ छ ।

Advertisement
Advertisement

लामो इतिहासमा विभिन्न ढङ्गबाट बिताएर आएका पूर्व सांसदहरूलाई यसबारेमा अझ बढी ज्ञान भएको उनले बताए ।

Advertisement

उनले भने, ‘देश निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको राजनीति नै हो । राजनीति ठिक हुने वित्तिकै देशले उन्नति प्रगति गर्न सक्छ । विज्ञानलाई आफैले वैज्ञानिक ढङ्गबाट प्रयोग गर्न, अन्वेषण गर्न सक्छ र त्यसलाई प्रयोग गर्न सक्छ र अगाडी बढ्न सक्छ । तर राजनीति ठिक खालको हुन सकेन भने सबै क्षेत्र त्यसेले प्रभावित हुन्छ । जुन कुरा हामीले पनि भोगेर आएका छौँ । र मलाई लाग्छ, ७० वर्ष पुगेका र पुग्न लागेका पूर्व माननीयज्यूहरूले त लामो इतिहास विभिन्न ढङ्गबाट बिताएर आउनुभएको छ । मैले यसमा धेरै लामो चर्चा गर्न पर्दैन ।’

पूर्व सांसदहरूले वर्तमान संविधानले राखेका लक्ष्य, संविधान कार्यान्वयन, सरकार निर्माण, संसद्‌को जिम्मेवारीलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न महत्त्वपूर्ण काम सिकाएको सभामुख घिमिरेले बताए ।