Sunday, April 19

जेन-जी छिरे संसद् भवनभित्र

नेपालअखबार, काठमाडौँ । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् ।

प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए ।  उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

Advertisement