
नेपालअखबार,काठमाडौँ । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकारबाट तत्काल अलग हुनुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस पदाधिकारीको बैठकमा नेता निधिले व्यवस्था, प्रणालीमाथिनै खतरा उत्पन्न भएको भन्दै कांग्रेस सरकारबाट अलग हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

