Friday, July 31

संसद भवनमा १८ घन्टादेखि लागिरहेछ आगो

नेपालअखबार, काठमाडौं । जेन–जीले लगाएको संसद भवनको आगो अझै नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीले मंगलबार दिउँसो १२ बजे संसद भवन प्रवेश गरेर तोडफोड सुरू गरेका थिए। त्यसपछि उनीहरूले संसद भवन आगो लगाएका हुन्।

Advertisement

आगलागी बुधबार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन। अहिले त्यहाँ धुवाँ देख्न सकिन्छ।

Advertisement
Advertisement

त्यस्तै, सिंहदरबारभित्रका सबैजसो मन्त्रालय, बबरमहल आसपास रहेका सबैजसो सरकारी कार्यालयमा सल्काएको आगो पनि नियन्त्रणमा आएको छैन।

Advertisement

काठमाडौंमा बिहान ६ बजेदेखि हल्का वर्षा सुरू भएको छ। वर्षाले केही राहत दिए पनि काठमाडौं भने अशान्त नै छ।