Monday, July 6

सेनाले सार्‍यो डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई

नेपालअखबार,काठमाडौँ । डिल्लीबजार कारागारबाट भाग्न खोज्दा नियन्त्रणमा लिइएका कैदीबन्दीलाई नेपाली सेनाले स्थानान्तरण गरेको छ।

Advertisement

बुधबार डिल्लीबजार कारागार भित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए। आगजनीपछि भाग्ने प्रयास गर्दै उनीहरू गेट तोडेर सडकसम्म आइपुगेका थिए।

Advertisement
Advertisement

त्यसपछि बाहिर तैनाथ नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

Advertisement

लामो समयसम्म रोकेर राखिएका ती कैदीबन्दीलाई सेनाले स्थानान्तरण गरी अन्यत्र लगिएको हो। कहाँ लगिएको भनेर सेनाले खुलाएको छैन।

मंगलबार नख्खु कारागार कार्यालयबाट रवि लामिछाने निस्किएपछि अन्य कारागारबाट पनि कैदीबन्दीहरू भागेका छन्।

नख्खु कारागारका सबै कैदीबन्दी भागिसकेका छन्। काठमाडौंबाहिरका विभिन्न जिल्लाहरूमा पनि  कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरिरहेका छन्।